share 537 धादिङ । कालुपाण्डे मार्गअन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका-८ ससाहमा बस र माइक्रो ठोक्किँदा ८ जना घाइते भएका छन् । धादिङबाट काठमाडौं जाँदै गरेको ना ७ ख ३१९८ नम्बरको बस र बागमती प्रदेश ००१ज०५२९ ईभी भ्यान एक आपसमा ठक्कर खादा माइक्रोमा सवार ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए । दुर्घटनामा परि घाइते भएकाहरुको धादिङ अस्पतालमा उपचार भइरहेको छ । दुई जनालाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको धादिङ अस्पतालका सुचना अधिकारी डाक्टर राम रिजाल जानकारी दिए । पोस्टको नेभिगेसन आज साढे ३ घण्टा पृथ्वीराजमार्ग बन्द गरेर मर्स्याङ्दीमा खसेको बस निकाल्दै बाँकेमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु