काठमाडौं । अरनिको राजमार्गअन्तर्गत काभ्रेको भुम्लु गाउँपालिका-१० स्थित ५६ किलोमा बिहीबार साँझ बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

काठमाडौंबाट बाह्रबिसेतर्फ गइरहेको बा २ ख ९०६४ नम्बरको बसले सडकमा हिँडिरहेकी महिलालाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् । मागी हिँड्ने ती महिलाको धुलिखेल अस्पतालमा उपचारका क्रममा चिकित्सकले गएराति मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार नाम, वतन नखुलेकी ती महिलालाई ठक्कर दिने बसचालक सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-८ का ५१ वर्षीय रामबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।