काठमाडौं । काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित सडकमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बा.९५ प ७६२५ नम्बरको स्कुटर लाई बा.प्र. ०१-००६ ख ४८७९ नम्बरको बसले ठक्कर दिएको हो ।
शनिबार बिहान दुर्घटना हुँदा स्कुटर चालक पाल्पा घर भई काठमाडौं बस्ने ४४ वर्षीय विष्णु बहादुर घर्ती मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कलंकीस्थित नेपाल नेशनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
बा.५२ प ९६८० नम्बरको मोटरसाइकलले उक्त स्कुटरलाई ठक्कर दिँदा स्कुटर उक्त बसमा ठक्कर खाई दुर्घटना भएको थियो । बस चालकलाई नियन्त्रणमा लिई हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।