काठमाडौं । चितवनस्थित मुग्लिङ-नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएको छ ।

आज बिहान नारायणगढतर्फ गइरहेको एआर ०१-३६७४ नम्बरको भारतीय यात्रुवाहक बस र मुग्लिङबाट जाँदै गरेको ग २ ख ११०८ नम्बरको ट्रक ठोक्किएको हो ।

दुर्घटनामा ट्रक चालकसहित केही यात्रुहरू घाइते भएको मुग्लिङ प्रहरी प्रमुख इन्स्पेक्टर निरला भण्डारीले बताएको छ । घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको उनले जानकारी दिए ।