share 898 ललितपुर । ललितपुरको जावलाखेलस्थित नेपाल टेलिकम पछाडिको सडकमा गुडिरहेको माइक्रोबसमाथि बिजुलीको पोल ढलेको छ । सोमबार अपरान्ह सवा ४ बजे सानेपास्थित फिनिक्स स्कुलका विद्यार्थी बोकेको बा २ ख २८५० नम्बरको गुडिरहेको माइक्रो बसलाई बिजुलीको पोल ढलेर किचेको हो । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार पोल ढलेर माइक्रवमा केही क्षति भएको छ । तर विद्यार्थीहरू सबै सुरक्षित छन्। प्रहरीका अनुसार माइक्रोमा १८ जना विद्यार्थी थिए। बिजुलीको पोलले माइक्रो क्षतिग्रस्त भएपछि विद्यार्थीहरूलाई अर्को गाडी बोलाएर घर घर पुर्याइएको छ। ढलेको पोल सडकबाट हटाइएको प्रहरीले जनाएको छ। पोस्टको नेभिगेसन स्कुटर र मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु बागलुङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु