काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा ५ सयले बढेर तोलाको १ लाख ५७ हजार ३ सय रुपैयाँ कायम भएको हो ।

यसअघि आइतबारको रेकर्ड ब्रेक गर्दै सुनको मूल्य हालसम्मकै उच्च मूल्य कायम भएको हो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढ्दै प्रतितोला १९१५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।