काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । आज छापावाल सुन बुधबार ३०० रुपैयाँ घटेर १ लाख ५६ हजार ४०० रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ५६ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि सामान्य घटेको छ । मंगलबार तोलामा १ हजार ९०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर १ हजार ८९० रुपैयाँ कायम भएको हो ।