share 857 काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको छ । आज सुन तोलामा ५ सयले बढेपछि तोलाको १ लाख ५६ हजार ८ सय रुपैयाँ कायम भएर अहिलेसम्मकै उच्च बनेको हो । यसअघि गत भदौ २८ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ६० रुपैयाँले बढ्दै प्रतितोला १९०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । पोस्टको नेभिगेसन सुनको मूल्य अहिलेसम्म कै उच्च, कतिमा हुँदै छ कारोबार ? फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?