share 639 काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । आज तोलामा ६ सय रुपैयाँ घटेर कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुन मंगलबार घटेर तोलामा १ लाख ६० हजार रुपैयाँ कायम भएको हो । यस्तै, चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर १ हजार ९२५ रुपैयाँ कायम भएको हो । पोस्टको नेभिगेसन सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्यो, कतिमा हुँदै छ कारोबार ? बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?