काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । आज तोलामा ६ सय रुपैयाँ घटेर कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुन मंगलबार घटेर तोलामा १ लाख ६० हजार रुपैयाँ कायम भएको हो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर १ हजार ९२५ रुपैयाँ कायम भएको हो ।