share 640 काठमाडौं । सरकारले काठमाडौं, ललितपुर र भक्तपुरसहित १४ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकले उक्त निर्णय गरेको हो । बाढी, पहिरो र डुबानबाट अति प्रभावित १४ जिल्लामा पुनःस्थापना र पुनर्निर्माणको कामलाई प्राथमिकताका साथ तिव्रता दिनेगरी स्थानीय तहको समेत किटान गरी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरिएको प्राधिकरणका सहसचिव वसन्त अधिकारीले जानकारी दिए। गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको सो बैठकमा अति प्रभावित जिल्लाका स्थानीय तहको पनि नाम उल्लेख गरी संकटग्रस्त क्षेत्र घोषणा गरिने उल्लेख गरिएको छ। प्राधिकरणका सहसचिव अधिकारीले भने, ‘विशेष गरी अस्तीको १० गते पछिको ताप्लेजुङ, काभ्रे, पाँचथर, काठमाडौं, संखुुवासभा, ललितपुर, सोलुखुम्बु, भक्तपुर, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक र धादिङ जिल्ला बढी प्रभावित भएको देखियो। हामी स्थानीय तहको पनि संख्या तोक्छौँ। अहिले मैले अघि भनेअनुसारको जिल्लामा ऐनको दफा ३२ बमोजिम विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिनेछ।’ गत असोज ११ १२ गते अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानले ठूलो जनधनको क्षति भएपछि सरकारले अति प्रभावित जिल्लाहरुको पहिचानका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्न लागेको हो। प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार विपद्मा परी २३९ जनाको मृत्यु भएको छ भने घाइते १६९ घाइते, १८ जना अझै बेपत्ता रहेका छन्। १७ हजार १२० जनाको उद्धार गरिएको पनि प्राधिकरणको पछिल्लो तथ्यांक रहेको पनिसहसचिव अधिकारीले बताए। पोस्टको नेभिगेसन हेटौँडा हुँदै चित्लाङ-चन्द्रागिरि-काठमाडौं र हेटौँडा-पालुङ-नौबिसे सडक सुचारु काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर गयो भूकम्प
शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकले उक्त निर्णय गरेको हो । बाढी, पहिरो र डुबानबाट अति प्रभावित १४ जिल्लामा पुनःस्थापना र पुनर्निर्माणको कामलाई प्राथमिकताका साथ तिव्रता दिनेगरी स्थानीय तहको समेत किटान गरी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरिएको प्राधिकरणका सहसचिव वसन्त अधिकारीले जानकारी दिए। गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको सो बैठकमा अति प्रभावित जिल्लाका स्थानीय तहको पनि नाम उल्लेख गरी संकटग्रस्त क्षेत्र घोषणा गरिने उल्लेख गरिएको छ। प्राधिकरणका सहसचिव अधिकारीले भने, ‘विशेष गरी अस्तीको १० गते पछिको ताप्लेजुङ, काभ्रे, पाँचथर, काठमाडौं, संखुुवासभा, ललितपुर, सोलुखुम्बु, भक्तपुर, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक र धादिङ जिल्ला बढी प्रभावित भएको देखियो। हामी स्थानीय तहको पनि संख्या तोक्छौँ। अहिले मैले अघि भनेअनुसारको जिल्लामा ऐनको दफा ३२ बमोजिम विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिनेछ।’ गत असोज ११ १२ गते अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानले ठूलो जनधनको क्षति भएपछि सरकारले अति प्रभावित जिल्लाहरुको पहिचानका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्न लागेको हो। प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार विपद्मा परी २३९ जनाको मृत्यु भएको छ भने घाइते १६९ घाइते, १८ जना अझै बेपत्ता रहेका छन्। १७ हजार १२० जनाको उद्धार गरिएको पनि प्राधिकरणको पछिल्लो तथ्यांक रहेको पनिसहसचिव अधिकारीले बताए।