काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभरका ७५३ वटै पालिकामा सरकारविरुद्ध खबरदारीसभा गर्ने घोषणा गरेको छ ।

प्रचण्डले शनिबार मकवानपुरको थाहा नगरपालिकामा आयोजित वाईसीएलको कार्यक्रमलाई सम्बोधन गर्दै त्यसबारे पर्सी बैठक बसेर निर्णय गरिने समेत जानकारी दिए । उनले भने, ‘अब अर्को एउटा मेची महाकाली अभियान चलाउँदै छु, पर्सी हामी बैठक बसेर ७५३ वटै पालिकामा खबरदारीसभा गर्नेगरी हामी निर्णय गर्दैछौं, ‘मलाई विश्वास छ, उनीहरुको सातो त गइनै सकेको छ । उनीहरु होपलेस भइ नै सकेका छन् । उनीहरुलाई होपलेस हुन दिनुपर्छ र हामीहरू नयाँ आत्मविश्वासका साथ एउटा नयाँ आन्दोलनमा हामी जानुपर्दछ ।’

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख नहुँदासम्म राजनीतिक स्थिरता नहुने भन्दै उनले अब आफू त्यसैलाई एजेन्डा बनाएर आन्दोलनमा जाने जिकिर गरे ।