काठमाडौं । पूर्वउपराष्ट्रपति तथा पूर्व जनमुक्ति सेनाका कमान्डर नन्दकिशोर पुन ‘पासाङ’ माओवादी केन्द्रको सक्रिय राजनीतिमा फर्किन लागेको छ ।

पासाङलाई पार्टीको पदाधिकारीमा महत्त्वपूर्ण जिम्मेवारी दिनेगरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति भएको स्रोतले बताएको छ । उनी २०७२ सालमा उपराष्ट्रपतिमा निर्वाचित भएपछि माओवादीबाट अलग भएका थिए । २०७९ को निर्वाचनपछि आफ्नो दोस्रो कार्यकाल सकिएसँगै उनी निष्क्रिय रहँदै आएका थिए ।

सक्रिय राजनीतिमा फर्किने विषयमा प्रचण्ड र पासाङबिच पटक पटक छलफल भए पनि अहिले आएर समझदारी भएको माओवादी स्रोतको भनाइ छ । दुई कार्यालय राष्ट्रपति भएकी विद्यादेवी भण्डारीसमेत एमालेको राजनीतिमा फर्किन लागेको चर्चा हुँदै आएको बेला पासाङ पनि पार्टी राजनीतिमा सक्रिय हुन लागेको हो ।