काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २२०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँ कायम भएको छ । शुक्रबार यो १ लाख ६२ हजार २०० रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि आज ३५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १ हजार ९४० रुपैयाँ रहेको चाँदीको मूल्य घटेर बिहीबार १ हजार ९०५ रुपैयाँ कायम भएको हो ।