काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो दिन बिहीबार एकैदिन २२०० रुपैयाँले घटेको सुनको मूल्य आज १०० रुपैयाँले बढेको हो ।

जसअनुसार शुक्रबार छापावाल सुनको मूल्य १ दाख ६० हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी ब्यावसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि पाँच रुपैयाँ बढेको छ । योसँगै चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय १० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी ३५ रुपैयाँले घटेको थियो ।