काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा एकसय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन तोलाको एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घटेको छ। शुक्रबार तोलाको एक हजार नौसय १० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार नौसय पाँच रुपैयाँमा झरेको महासंघले जनाएको छ।