share 747 काठमाडौं । सरकारले भन्सार दर घटाएपछि स्थानीय बजारमा सुनको भाउ ह्वात्तै घटेको छ। सोमबार सुन प्रतितोला १५ हजार ९ सय रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम गरेको छ । आइतबार प्रतितोला सुन १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी सुनको भाउ घटेसँगै चाँदी पनि घटेको छ । आज प्रतितोला चाँदी १८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला चाँदी १९ सय ६० रुपैयाँमा कारोबार भएको थियो । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सुनको भन्सार दर २० बाट १० प्रतिशत कायम गर्ने निर्णय गरेको थियो । पोस्टको नेभिगेसन निरन्तर उकालो लाग्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार ? सुनको मूल्य फेरि २६ सय रुपैयाँले गिरावट, कतिमा हुँदै छ कारोबार ?