जुन 24, 2026
सुनचाँदी

निरन्तर उकालो लाग्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । आइतबार सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १ लाख ६७ हजार २०० रुपैयाँ पुगेको हो ।

शुक्रबार छापावाल सुन तोलामा १ लाख ६५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर १ हजार ९६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

जवाफ लेख्नुहोस्