share 1,053 काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ । सोमबार १५ हजार नौ सय रुपैयाँले घटेको सुनको भाउ आज पनि २६ सयले ओरालो लागेको हो । आज छापावाल सुन तोलामा २६ सय रुपैयाँले घटेर १ लाख ४७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो एकैदिन सुन प्रतितोला १५ हजार ९०० रुपैयाँ घटेर १ लाख ५३ हजार ३०० रुपैयाँमा झरेको थियो । त्यस्तै, आज चाँदीको भाउ १८ सय २० मा कारोबार भइरहेको छ । सरकारले सुनमा लाग्ने भन्सार आधा घटाएपछि सुनको मूल्य ओरालो लागेको हो । पोस्टको नेभिगेसन सुनको मूल्य तोलामा १५ हजार नौ सय रुपैयाँले घट्यो, कतिमा हुँदै छ कारोबार ? आज सुन तोलामा ९ सय रुपैयाँले बढ्यो, कतिमा हुँदै छ कारोबार ?