काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य बढेको छ । आज सुनको मूल्य तोलामा ९०० रुपैयाँ बढेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँ बढेर एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।