share 732 काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँ घटेर १ लाख ४९ हजार ३०० रुपैयाँ कायम भएको हो । बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य १ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ८३० रुपैयाँ कायम भएको थियो । पोस्टको नेभिगेसन आज सुन तोलामा ९ सय रुपैयाँले बढ्यो, कतिमा हुँदै छ कारोबार ? तोलामा १२ सय रुपैयाँँले घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?