काठमाडौं । संघीय संसद सचिवालयले रास्वपा सभापति एवं चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रवि लामिछानेको पद निलम्बनमा परेको सूचना प्रकाशित गरेको छ ।

कास्की जिल्ला अदालतमा लामिछानेविरुद्ध सम्पत्ती शुद्धीकरणको मुद्दा दायर भएकाले मुद्दा किनारा नभएसम्म निलम्बनमा रहने कानुनी व्यवस्था रहेको भन्दै संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना प्रकाशित गरेको हो ।