share 470 जनकपुरधाम । धनुषा जिल्लाको मिथिला नगरपालिका-३ हरिपुरका एक पुरुषले मदिरा खाएर श्रीमतीको हत्या गरेर लुकाएको अवस्थामा शव भेटिएको छ । दशैया मुखियाले अन्दाजी ४५ वर्षीया श्रीमती रेशमी देवी बिनको हत्या गरिएको अवस्थामा शव भेटिएको हो । मुखियाले श्रीमती रेशमीको हत्या गरी शौचालयको पछाडी गाडेको प्रहरीले जनाएको छ । बुधवार राति मुखियाले बुहारीसँग खाना मागेका थिए । उनको बोली र हर्कत शङ्कास्पद लागेपछि उनकै बुहारीले प्रहरीलाई बोलाइन् । प्रहरीले मुखियालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा श्रीमतीलाई मारेको र शव गाडेको बयान दिएको छ । उनको बयानको आधारमा इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको टोलीले राति नै शव उत्खनन गरेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएको छ । ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका इन्स्पेक्टर सोनु साहले घरायसी विवादपछि मुखियाले मदिरा खाएर श्रीमतीको हत्या गरेको जानकारी दिए। प्रहरीले थप अनुसन्धान गरिरहेको छ । पोस्टको नेभिगेसन रवि लामिछानेको संसद निलम्बनमा परेको संसद सचिवालयले प्रकाशित गर्यो सूचना बस्नेत दम्पतीको नाक काटेको आरोपमा नेकपा बहुमतको दाङ जिल्ला सेक्रेटरी खड्का पक्राउ