अखिल क्रान्तिकारीमा लाग्यो उमेर हद

१ वर्ष अगाडि १ वर्ष अगाडि १ वर्ष अगाडि

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयनमा उमेर हद लाग्ने भएको छ। उमेर हद लगाउने या नलगाउने विषयमा विवाद भएपछि भएको मतदानमा उमेर हद राख्ने पक्षमा मत बढि आएको हो ।

उमेर हद लगाउने पक्षमा नौ सय र खुला राख्ने पक्षमा आठ सय ७९ मत प्राप्त प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानका जानकारी दिए । शनिबार भएको मतदानको अन्तिम नतिजाअनुसार अब क्रान्तिकारीमा ३२ वर्ष उमेर हद लाग्ने भएको हो ।  प्रमुख निर्वाचन अधिकृत प्रधानका अनुसार अब ३२ वर्षमुनिबाट नेतृत्व चयन गर्न अखिल क्रान्तिकारीको आगामी माघ १२ गते निर्वाचन हुने कार्यक्रम छ ।

पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्न दोस्रो चरणको निर्वाचन हुने भएको हो । निर्वाचन कार्यतालिका अनुसार माघ ५ गते केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारको मनोनयन दर्ता हुनेछ । भुगोल र गैरभुगोल गरी ९ प्रदेश स्तरमा मतदान हुनेछ ।