काठमाडौं । आज बिहान ११ बजेको लागि तय गरिएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सरेको छ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।

सो पार्टीका उपमहासचिव मातृका यादवका अनुसार केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न बैठक बोलाइएको हो । बैठक शनिबार सकिने छ ।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबारदेखि सुरु हुने यादवले जानकारी दिए ।