काठमाडौं । वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएका छन् । ६४ वर्षीय शेर्पाको ग्राण्डी अस्पतालमा उपचारका क्रममा आइतबार राति १२ः१५ बजे  निधन भएका हुन् ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-१ लुक्लाका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा शेर्पाको निधन भएको खुम्बु पासाङल्हामु गाउँपालिका-१ का वडाध्यक्ष फुनुरु शेर्पाले पुष्टि गरे ।

लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध भइ राजनीतिमा समेत संलग्न शेर्पा नेपाली कांग्रेस खुम्बु पासाङल्हामु गाउँपालिकाका सभापति समेत थिए । पर्यटन व्यवसायमा आबद्ध उनी चौँरीखर्क गाविस अध्यक्षसमेत भएका थिए ।

केही वर्षदेखि वाइल्ड लाइफ फोटोग्राफीमा सक्रिय शेर्पा फोटोग्राफी सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध थिए । उनका दुई छोरा र तीन छोरी छन् ।