काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रित्तो गाग्री बोकेर काठमाडौं आएको छ । धरानमा खानेपानीको समस्या रहेको भन्दै रित्तो गाग्रीसहित उनी सोमबार काठमाडौं आइपुगेको हो ।
मेयर साम्पाङ प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानी मन्त्री प्रदीप यादवलाई भेट्न काठमाडौं आएको बताए । सरकारले धरानको खानेपानी समस्या समाधान गर्न बेवास्ता गरेको मेयर साम्पाङको भनाइ छ । उनी रित्तो गाग्रीसहित प्रधानमन्त्री र मन्त्री भेट्न संघीय राजधानी काठमाडौं आएका हुन् ।
मेयर साम्पाङले मंगलबार सिंहदरबार पुगेर प्रधानमन्त्री र खानेपानी मन्त्रीलाई भेट्ने बताएका छन् ।