काठमाडौं । काठमाडौं महानगरपालिका-२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद ३९ लाख ७५ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालका अनुसार चितवन भरतपुर महानगरपालिका-१५ घर भई काठमाडौंको टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठलाई आइतबार दिउँसो साढे ४ पक्राउ गरेको हो।
कार्यालयको इन्टिलिजेन्स शाखाबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाडौंले थप अनुसन्धान अघि बढाएको छ ।