काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयन गर्न आज उम्मेदवारी दर्ता हुने भएको छ । माघ १२ गते हुने निर्वाचनका लागि अखिल क्रान्तिकारीको आज उम्मेदवारी दर्ता हुने भएको हो ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं अखिल क्रान्तिकारीका इन्चार्ज हिमाल शर्माले विद्यार्थी सङ्गठनमा ३२ बर्षे उमेर हद कायम भएपछि आज बिहान ८ देखि बेलुका ६ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यतालिका बनाएको जनाएको छ । उम्मेदवारले परिचय खुल्ने कुनै कार्ड भएमा आ-आफ्नो प्रदेशबाट उम्मेदवारी दर्ता गर्न पाउने भएका छन् ।

भोलि उम्मेदवारको दाबी विरोधको छानबिनपछि नामावली प्रकाशन, माघ १० गते उम्मेदवारको नामावली प्रकाशित गर्ने र माघ १२ गते बिहान ९ देखि ४ बजेसम्म नेतृत्व चयन गर्न मतदान हुने छ ।