काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षसँगै नयाँ सरकार गठनको सम्भावना रहेको संकेत गरेका छन् । चितवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पछिल्ला घटनाक्रमप्रति यस्तो संकेत दिएका हुन् ।
‘वर्तमान राजनीतिक अवस्था दीर्घकालीन रुपमा स्थिर रहन सक्ने देखिँदैन।’, अध्यक्ष प्रचण्डले भने, ‘नयाँ वर्षले केही समाधान ल्याउनेछ भन्ने आशा छ ।’, ‘सरकारमा रहेका दलहरू स्वयं पनि लगभग सडकमा उत्रिने अवस्थामा पुगेका छन् ।’
यसअघि एक टेलिभिजन अन्तर्वार्तामा प्रचण्डले नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना रहेको संकेत गरेका थिए । उनले ठूलो दलको नेतृत्वमा बनेको सरकार नै राष्ट्रको हितमा हुने विश्वास समेत व्यक्त गरे ।