share 728 एजेन्सी । इरान र इजरायलबीच आक्रमण-जवाफी आक्रमणले मध्यपूर्वको तनाव चुलिएको छ। इरानले इजरायलका तेल अभिभ, हाइफा र जेरुसेलम सहरमा सयौँ मिसाइल प्रहार गरेपछि इजरायलले पनि इरानको इस्फाहानस्थित आणविक केन्द्रमा हमला गरेको हो। इजरायलको आक्रमणपछि इस्फाहानमा ठूलो क्षति भएको जनाइएको छ। इरानले जवाफमा मिसाइल र ड्रोन आक्रमण गर्दै इजरायलले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएको छ। संयुक्त राष्ट्रसंघको बैठकमा चीनले इजरायलको कारबाहीलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भन्दै कडा निन्दा गरेको छ। चीनले तत्काल सैन्य कारबाही रोक्न इजरायललाई अपिल गरेको छ। क्षेत्रीय तनावले आणविक सम्झौतासमेत संकटमा पार्ने खतरा देखिएको छ। पोस्टको नेभिगेसन इरानी आक्रमणबाट इजराइलमा एक जनाको मृत्यु इजरायली हवाई आक्रमणले इरानको आणविक संरचनामा क्षति, मुख्य यूरेनियम प्रशोधन संयन्त्र सुरक्षित