share 239 काठमाडौँ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार साँझ ६:३३ बजे कतारको दोहाका लागि उडेको कतार एयरवेजको विमान ओमानको मस्कटमा आकस्मिक अवतरण गरेको छ। इरानले दोहास्थित अमेरिकी सैन्य बेसमा आक्रमण गरेपछि उत्पन्न तनावका कारण सुरक्षा सतर्कता अपनाउँदै विमानलाई कतारको सट्टा ओमानतर्फ डाइभर्ट गरिएको हो। कतारले इरानको आक्रमणपछि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ। यस कारण कतारमार्ग हुँदै सञ्चालन हुने अन्य अन्तर्राष्ट्रिय उडानहरू समेत प्रभावित भएका छन्। नेपाल एयरलाइन्सको सोमबार राति ११ बजेकाे दोहा उडान पनि प्रभावित भएको छ। हवाई क्षेत्र बन्द भएपछि विमान त्रिभुवन विमानस्थलमै रोकिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले यात्रुहरूलाई संयमित रहन अनुरोध गरेको छ। सुरक्षा अवस्था सामान्य बनेपछि नियमित उडान पुनः सञ्चालन गरिने बताइएको छ। यात्रुहरूलाई समय–समयमा सूचना प्रदान गरिने जनाइएको छ। पोस्टको नेभिगेसन भिजिट भिसा प्रकरण : उच्चस्तरीय छानबिन समिति गठन बिचौलियासँग ७८ लाखको घुस डिल प्रकरणमा मुछिएपछि सामान्य प्रशासन मन्त्री गुप्ताले दिए राजीनामा