४९ जना यात्रु सवार रूसी जहाज सम्पर्कविहीन

९ महिना अगाडि ९ महिना अगाडि ९ महिना अगाडि

मस्को । ४९ जना सवार रूसी जहाज सम्पर्कविहीन भएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था एपी का अनुसार बिहीबार जहाज एयर ट्राफिक कन्ट्रोलको राडारबाट सम्पर्कविहीन भएको हो।

साइबेरियामा आधारित एयरलाइन्स एन्गारा ब्लागोभेसचेन्स्कबाट चीनसँग सीमा जोडिएको अमुर क्षेत्रतर्फ उडेको थियो। क्षेत्रीय गभर्नर भासिली ओर्लोभका अनुसार उक्त जहाजमा ४३ जना यात्रु सवार छन्।

जसमध्ये पाँच जना बच्चा र ६ जना चालक दल सदस्य छन्। ‘सबै निकायहरूलाई जहाजको खोजी गर्न परिचालन गरिएको छ,’ उनले टेलिग्राममा लेखेका छन्।