share 363 काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग बढ्दो तनावका बीच रुसनजिकै दुई आणविक पनडुब्बी तैनाथ गर्ने आदेश दिएका छन्। उनले रुसलाई “गम्भीर परिणाम भोग्नुपर्ने” चेतावनी पनि दिएका छन्। ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत पनडुब्बी तैनाथीबारे जानकारी दिँदै यस कदमका लागि रुसका पूर्वराष्ट्रपति दिमित्री मेदवेदेवको उत्तेजक अभिव्यक्तिलाई जिम्मेवार ठहराएका छन्। यद्यपि, पनडुब्बीहरूको सटीक तैनाथी स्थान भने खुलाइएको छैन। यसअघि जुलाई २८ मा स्कटल्यान्ड भ्रमणका क्रममा ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि रुसलाई १० देखि १२ दिनको समयसीमा दिएका थिए। उनले त्यस अवधिभित्र रुसले युद्धविराम वार्तामा सहमति जनाएन भने रुससँग व्यापार गर्ने देशहरूमा ‘माध्यमिक शुल्क’ लगाइने चेतावनी दिएका थिए। अन्तर्राष्ट्रिय राजनीतिक विश्लेषकहरूले यो कदमलाई वाशिङ्टन र मस्कोबीचको तनाव थप चर्काउने संकेतका रूपमा हेरेका छन्। पोस्टको नेभिगेसन ४९ जना यात्रु सवार रूसी जहाज सम्पर्कविहीन अमेरिकी पनडुब्बी तैनाथपछि रुसको चेतावनी : ती दुई पनडुब्बी पहिलेदेखि नै हाम्रो निसानामा छन्