share 686 काठमाडौं । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) ले पार्टीका पोलिटब्युरो सदस्य पूर्ण बहादुर विक ‘रक्तिम’ र केन्द्रीय सदस्य शरद रसाइलीलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ। सो पार्टीका महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले विज्ञप्ति जारी गर्दै विक र रसाइलीले पार्टीभित्र चरम गुटबन्दी र अराजकता प्रदर्शन गरेको भन्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्कासन गरिएको विज्ञप्तिमा भनिएको छ। बास्तोलाले २०७९ साल वैशाखमा विप्लव नेतृत्वको नेकपाबाट फुटेर नेकपा बहुमत गठन गरेको थियो। विज्ञप्तिसहित पोस्टको नेभिगेसन विप्लवले दर्ता गरे मतदाता नामावलीमा नाम पूर्वमन्त्री किराँतीले विप्लवलाई दिए जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको फोटो उपहार