share 458 काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद तथा पूर्व पर्यटनमन्त्री सुदन किराँतीले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ लाई भेटेर जनयुद्धका पहिलो सहिद दिलबहादुर रम्तेलको तस्बिर दिएका छन्।ललितपुरको हरिसिद्धिस्थित विप्लव निवास पुगेर किराँतीले भेट गरेका हुन्। सो भेटवार्तामा जनयुद्धका प्रतिबद्ध सम्झाउँदै रम्तेलको तस्बिर दिएको उनले बताए। २०५२ सालमा माओवादीले थालेको जनयुद्धका क्रममा प्रहरीले रम्तेललाई गोरखामा विद्यालय हाताभित्रै हत्या गरेको थियो। टुक्रिएर स-साना समुहमा रहेका कम्युनिष्ट आन्दोलनलाई कसरी एकताबद्ध गराउने र देशलाई राजनीतिक निकास कसरी दिने भन्ने कुरामा विप्लव गम्भीर रहेको उनले बताए। विप्लवसँगको भेटघाट ऊर्जावान र सकरात्मक भएको समेत किराँतीले बताए पोस्टको नेभिगेसन बास्तोला नेतृत्वको नेकपा (बहुमत) का दुई नेता निष्कासित सर्तसहित बागमती प्रदेशका मुख्यमन्त्री लामाले आज राजीनामा दिदै