share 568 काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीका उपमहासचिव जनार्दन शर्मालाई लक्षित गर्दै बैठकको माइन्युटमा हस्ताक्षर नगर्ने प्रवृत्ति तुरुन्त अन्त्य गर्न आग्रह गरेका छन्। सोमबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकमा आफ्नो धारणा राख्दै श्रेष्ठले स्पष्ट शब्दमा भने, “माइन्युटमा हस्ताक्षर नगर्ने कुरामा दायाँबायाँ हुँदैन, हस्ताक्षर गरिहाल्नुपर्छ।” यो विषय हाल चर्चामा आएको हो किनकि नेपालखबरले शनिबार सार्वजनिक गरेको रिपोर्टअनुसार, जनार्दन शर्मा चार वर्षदेखि उपमहासचिवको हैसियतमा बसेर पनि माओवादीका बैठकहरूको माइन्युटमा हस्ताक्षर नगर्दै आएका छन्। श्रेष्ठले बैठकमा बोल्दै पार्टीभित्रको आन्तरिक बहस र विवाद बाहिर ल्याउने कार्य अनुचित भएको पनि औंल्याए। उनका अनुसार, “पार्टीभित्रको आन्तरिक बहस सार्वजनिक गर्नु हुन्न। विचारलाई सम्मान गर्दै विधिको पालना गर्नुपर्छ।” उनले थपे, “जनार्दनजीले यसमा राम्रो गर्नु भएन।” वरिष्ठ उपाध्यक्ष श्रेष्ठले वर्तमान परिस्थितिमा माओवादी केन्द्रलाई एकतावद्ध गर्नु अत्यावश्यक भएको भन्दै सबै नेताहरू अध्यक्ष प्रचण्डको विचारमा एकमत हुनुपर्नेमा जोड दिए। उनका अनुसार, आन्तरिक एकता, संगठनात्मक अनुशासन र विधिको पालनाले मात्र पार्टीलाई मजबुत बनाउन सकिन्छ। यसअघि पनि माओवादी केन्द्रभित्र केही नेताहरूबीच आन्तरिक कार्यशैली, माइन्युटको मान्यता र निर्णय प्रक्रियामा सहमति नजुट्ने विवाद सार्वजनिक हुँदै आएका छन्। तर वरिष्ठ नेताहरूको भनाइमा, अहिले विभाजन होइन, एकता आवश्यक छ। पोस्टको नेभिगेसन माओवादी केन्द्रको स्थायी समिति बैठकमा आज प्रचण्डले जबाफ दिने अध्यक्ष प्रचण्डद्वारा जनार्दनलाई आत्मसमीक्षा गर्न आग्रह