share 476 काठमाडौं । उच्च अदालत पाटनले दुर्गा प्रसाईलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौँको यसअघिको थुनामा राख्ने आदेश उल्टाउँदै प्रसाईसहितका अभियुक्तलाई बाहिरबाटै मुद्दाको प्रतिवाद गर्ने अनुमति दिएको हो। तीनकुने घटनामा प्रसाईसँग ३ लाख रुपैयाँ धरौटी मागिएको छ भने बैंकिङ कसुरसम्बन्धी मुद्दामा २५ लाख रुपैयाँ धरौटी तोकिएको छ। बैंकिङ कसुरमा उनीविरुद्ध १८ करोड ४४ लाख रुपैयाँ बिगो रहेको छ। तीनकुने घटनाका अन्य अभियुक्त सुशील बराल र तारा राजावादी भन्ने सरोज गौतमसँग ५०-५० हजार रुपैयाँ र डण्डपाणि रेग्मीसँग १० हजार रुपैयाँ धरौटी माग गरिएको उच्च अदालतकी सूचना अधिकारी पार्वती हितानले जनाएकी छन्। पोस्टको नेभिगेसन बिचौलियासँग ७८ लाखको घुस डिल प्रकरणमा मुछिएपछि सामान्य प्रशासन मन्त्री गुप्ताले दिए राजीनामा शर्मिला वाइबा पोखराबाट पक्राउ