share 331 पोखरा । प्रहरीले आफूलाई अभियन्ता दाबी गर्दै आएकी शर्मिला वाइबालाई मंगलबार पोखराको लेकसाइडबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरि बस्नेतका अनुसार वाइबामाथि साइबर अपराधसम्बन्धी मुद्दा दर्ता भएको छ। उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार वाइबालाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइँदै छ। पोस्टको नेभिगेसन दुर्गा प्रसाईलाई रिहा गर्न उच्च अदालतको आदेश रवि लामिछानेको रिहाइ निवेदनमाथि सुनुवाइ सकियो, आजै आदेश आउने सम्भावना