share 357 काठमाडौं । सहकारी ठगी र संगठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रिहाइसम्बन्धी निवेदनमाथि रुपन्देही जिल्ला अदालतमा आज सुनुवाइ सकिएको छ। अदालतले आजै आदेश सुनाउने उच्च सम्भावना रहेको छ। लामिछानेले साउन १९ गते बैंक ग्यारेन्टीमार्फत रिहाइको माग गर्दै निवेदन दर्ता गरेका थिए। मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा रिहाइको माग गरिएको थियो। न्यायाधीश नारायण सापकोटाको इजलासमा आज भएको सुनुवाइमा निवेदक पक्ष र सरकारी वकिलबीच बहस सकिएपछि मुद्दा आदेशको चरणमा पुगेको हो। अदालतले लामिछानेलाई थुनामै राख्ने कि धरौटीमा रिहा गर्ने भन्ने निर्णय सुनाउनेछ। यसअघि पूरक पेशीका मितिहरू साउन २० र २१ मा भए पनि क्रमशः स्थगित भएका थिए। पोस्टको नेभिगेसन शर्मिला वाइबा पोखराबाट पक्राउ रविलाई थुनामै पठाउने रूपन्देही जिल्ला अदालतको आदेश