share 170 भक्तपुर । भक्तपुर जिल्ला अदालतले झोलुङ्गे पुल अवरोध प्रकरणमा संलग्न आशिका तामाङ र शरण तिरूवालाई पाँच दिन कैद सजाय सुनाएको छ। न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले आपराधिक उपद्रव गरेको ठहर गर्दै दुबैलाई कैदसहित जरिवाना र क्षतिपूर्ति तिर्न आदेश दिएको हो। अदालतले उनीहरूलाई ५–५ दिन कैद, रु ५०० जरिवाना, रु ८,३०० क्षतिपूर्ति र पीडित राहत कोषमा जनही रु २०० जम्मा गर्नुपर्ने निर्णय सुनाएको छ। घटनाको सुरुवात सुर्यविनायक नगरपालिकाले साँगास्थित झोलुङ्गे पुलमा अवैध रूपमा रकम उठाइरहेका व्यक्तिहरूमाथि कारबाही गर्न उजुरी दिएको बाटो हुँदै भएको हो। सो क्रममा तामाङको समूहले पालिकाले टाँसेको सूचना च्यातेर सार्वजनिक काममा अवरोध गरेको अभियोग लागेपछि मुद्दा दायर भएको थियो। अदालतमा बयान दिने क्रममा आशिका तामाङले आफ्नो गल्ती स्वीकार गर्दै भविष्यमा त्यस्तो घटना नदोहोरिने प्रतिबद्धता व्यक्त गरेकी थिइन्। यो मुद्दा सार्वजनिक चासोको विषय बनेको थियो, जसले युवाको सामाजिक गतिविधि र स्थानीय सरकारको भूमिकाबारे पनि बहस जन्माएको छ। पोस्टको नेभिगेसन रास्वपा नेता कँडेल नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ नारायणकाजीविरूद्ध अदालतको अवहेलना मुद्दामा सर्वोच्चद्वारा लिखित जबाफ माग