share 339 काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग लिखित जबाफ मागेको छ। मंगलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको इजलासले लिखित जबाफ पेश गर्न आदेश दिएको हो। कानुनका विद्यार्थी आयुष दाहालले सोमबार सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए। श्रेष्ठले भदौ ६ गते सामाजिक सञ्जालमा एक पोस्ट गर्दै न्यायालयको अवस्थाप्रति प्रश्न उठाएका थिए। उनले न्याय पाउन अदालत जाने नेपालीले पहुँच, भनसुन वा घुसबिना न्याय सम्भव नहुने जस्तो आशय व्यक्त गरेका थिए। सो पोस्टलाई अदालतको अवहेलनासँग सम्बन्धित भन्दै प्रारम्भिक सुनुवाइपछि अदालतले श्रेष्ठसँग लिखित स्पष्टीकरण मागेको हो। निवेदकले अदालतसमक्ष श्रेष्ठलाई उपस्थित गराएर बयान लिन र सामाजिक सञ्जालबाट विवादित पोस्ट हटाउन समेत माग गरेका छन्। पोस्टको नेभिगेसन साँगा झोलुङ्गे पुल अवरोध प्रकरणमा आशिका तामाङसहित दुई जनालाई कैद बालेन र सुधनविरुद्ध किटानी जाहेरी लिएर परिसर जाँदै अखिलका नेताहरू