share 311 काठमाडौं । लिपुलेक सीमा विवादमा नेपालले आफ्नो दृढ अडान कायम राख्दै आएको छ। पूर्वमन्त्री गोकुल बाँस्कोटाले सामाजिक सञ्जालमार्फत नेपालले आफ्नो भूभागमाथि भएको अतिक्रमणविरुद्ध स्पष्ट र कडा अडान लिनुपर्नेमा जोड दिएका छन्। उनले भारतले नेपालको दाबीलाई ठाडै खारेज गरिसकेको र चीनले चतुर्याइँपूर्वक जिम्मेवारीबाट पन्छिन खोजेको टिप्पणी गरेका छन्। बाँस्कोटाले चीनको व्यवहारलाई “शिकारलाई शिकारी कहाँ न्याय माग्न पठाएको” चाल भन्दै आलोचना गरेका हुन्। बाँस्कोटाले भने, “इतिहासका कमजोरी सच्याउन समय लाग्छ। तर कूटनीतिक लडाइँलाई निरन्तरता दिनुपर्छ।” नेपालको संविधानले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई नेपालको भूभागको रूपमा समावेश गरेको छ। सन् १८१६ को सुगौली सन्धिअनुसार यी क्षेत्र नेपालकै भएको दाबी गर्दै आएको छ। तर भारत र चीनबीच हालै भएको व्यापार सम्झौतामा लिपुलेक नाकालाई प्रयोग गर्ने सहमतिले नेपालको आपत्तिलाई बेवास्ता गरिएको छ। यसअघि परराष्ट्र मन्त्रालयले दुवै देशलाई कूटनीतिक नोट पठाएर विरोध जनाएको थियो। काठमाडौंमा विद्यार्थी तथा नागरिक समूहहरूले प्रदर्शन गरी सरकारले कूटनीतिक दबाब बढाउनुपर्ने माग राखेका छन्। बाँस्कोटाले पनि कूटनीतिक पहललाई तीव्र बनाउनुपर्नेमा जोड दिएका छन्। पोस्टको नेभिगेसन गोंगबुबाट करोडौं अवैध रकमसहित एक जना पक्राउ दर्ता नभएका सामाजिक सञ्जाल नेपाल टेलिकमले गर्यो बन्द