काठमाडौं । नेपाल टेलिकमले सरकारको निर्देशनअनुसार दर्ता प्रक्रियामा नआएका सामाजिक सञ्जालहरू बन्द गरेको जनाएको छ।

बिहीबार मात्रै सरकारले नेपाल दूरसञ्चार प्राधिकरणलाई दर्ता नभएका सामाजिक सञ्जाल रोक्न निर्देशन दिएको थियो। सो निर्णय कार्यान्वयन गर्दै प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन पठाएपछि टेलिकमले सूचना जारी गरी फेसबुकलगायतका सामाजिक सञ्जाल बन्द गरेको हो।

यसअघि एनसेलले पनि दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गरेको जानकारी गराइसकेको थियो।