काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को सातौँ राष्ट्रिय सम्मेलन आजदेखि सुरु भएको छ।

बुधबार दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्मेलनको उद्घाटन गरेको हो। उद्घाटन समारोह प्रज्ञा भवनमा भए पनि बन्दसत्र भने सुकेधाराको एक पार्टी प्यालेसमा भोलि र पर्सी हुने भएको छ।

सम्मेलनले १७ सदस्यीय पदाधिकारीसहित २१५ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गर्नेछ। विधानअनुसार केन्द्रीय समितिका केही पद मनोनयनमार्फत रहने व्यवस्था छ।

अध्यक्ष पदका लागि विमला सुवेदी, टीका बुढोकी र दाना शर्मा मुख्य दाबेदारका रूपमा चर्चामा छन्।