share 366 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज पार्टी मुख्यालय पेरिसडाँडा, कोटेश्वरमा सुरू भएको छ। बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको माओवादी केन्द्रले जनाएको छ। साथै, आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनको तयारी र रणनीतिबारे समेत बैठकमा विशेष चर्चा हुने अपेक्षा गरिएको छ। पार्टी नेतृत्वका अनुसार, हालको राजनीतिक परिस्थिति, संगठन सुदृढीकरण तथा निर्वाचन केन्द्रित रणनीतिक योजनाबारे बैठकले महत्वपूर्ण निर्णय लिने सम्भावना छ। यसैबीच, माओवादी केन्द्रले आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न संगठन र जनस्तरसम्म पुग्ने तयारीलाई तीव्रता दिने बताइएको छ। पोस्टको नेभिगेसन अनेमसंघ क्रान्तिकारीको ७ औँ सम्मेलन आजदेखि, प्रचण्डद्वारा उद्घाटन पार्टी केन्द्रीय कार्यालयको नयाँ भवन भव्य बनाउने प्रचण्डको घोषणा