share 234 ललितपुर । सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको ललितपुरस्थित निवासमा केही युवाहरुले घेराउ गर्दै तोडफोड गरेको खबर आएको छ। स्थानीय स्रोतका अनुसार मन्त्रीको घर वरपर बिहानैदेखि युवाहरुको भीड जम्मा भई ढुंगामुढा तथा तोडफोडसमेत भएको हो। यस्तै, अन्य नेताहरुकै निवास वरपर पनि प्रदर्शन चर्किएको छ। प्रदर्शनकारीहरुले नाराबाजी गर्दै राजनीतिक नेतृत्वप्रति असन्तुष्टि जनाएका छन्। सुरक्षाकर्मीहरु घटनास्थलमा खटाइएका छन् भने थप अप्रिय घटना हुन नदिन चोक-चोकमा निगरानी बढाइएको प्रहरीले जनाएको छ। प्रहरीले तोडफोडमा संलग्नहरुको पहिचान गरी नियन्त्रणमा लिन खोजिरहेको बताइएको छ। पोस्टको नेभिगेसन जेन-जी प्रदर्शनमा मर्नेहरुको सङ्ख्या १४ पुग्यो प्रचण्ड निवासमा तोडफोड, प्रहरी बिटमा आगजनी