share 136 काठमाडौँ । राजधानीको बानेश्वर क्षेत्रमा मच्चिएको अराजकतामाथि अन्ततः नेपाली सेनाले कडा कदम चालेको छ। आज राति १० बजेदेखि सेनाले औपचारिक रूपमा सुरक्षा व्यवस्थाको जिम्मेवारी लिएको छ। स्थिति नियन्त्रण बाहिर जाने संकेत देखिएपछि सेनाले सक्रिय हस्तक्षेप गर्दै अराजक गतिविधिमा संलग्न केही युवालाई नियन्त्रणमा लिई घुँडा टेकाएको छ। सेनाको तत्कालीन कारबाहीपछि क्षेत्रको अवस्था सामान्यतर्फ उन्मुख भएको बताइएको छ। जनताको सुरक्षालाई प्राथमिकतामा राखेको सेनाले राजधानीवासी र प्रदर्शनकारी दुवैलाई संयमता अपनाउन र शान्तिपूर्ण सहयोग गर्न आह्वान गरेको छ। सेनाको भनाइअनुसार “जनताको जीवन र सम्पत्तिको सुरक्षा नै हाम्रो पहिलो कर्तव्य हो।” बानेश्वर क्षेत्रमा सेनाको उपस्थिति बढेसँगै वातावरण थप संवेदनशील बनेको छ भने आम नागरिकले यसलाई शान्ति र सुरक्षाको दिशामा महत्वपूर्ण कदमका रूपमा लिएको देखिन्छ। पोस्टको नेभिगेसन लुटपाट र तोडफोड आन्दोलन होइन, षड्यन्त्र हो – संयोजक यादव संविधान र लोकतन्त्रको रक्षा हाम्रो साझा दायित्व : प्रचण्ड