share 204 काठमाडौं । नेपाली सेनाले कर्फ्यु र निषेधाज्ञा अवधिमा पनि दैनिक उपभोग्य वस्तु व्यवस्थापन सहज बनाउन स–सानो समूहमा काम गर्न सकिने जानकारी दिएको छ। सेनाले आज बिहान एसएमएसमार्फत जानकारी दिँदै जनजीवन सहज बनाउन २६ गते बिहान ६ बजेदेखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म आवश्यक कार्य गर्न अनुमति हुने जनाएको छ। तर, ‘स–सानो समूह’ भन्नाले कति संख्यालाई जनाइएको हो भन्नेबारे भने स्पष्टता दिइएको छैन। जेनजी आन्दोलनका क्रममा जनधनको क्षति भएपछि सुरक्षा परिस्थितिको आधारमा काठमाडौं, ललितपुर र भक्तपुरमा कर्फ्यु र निषेधाज्ञा २७ भदौ बिहान ६ बजेसम्म लम्ब्याइएको सेनाले जनाएको छ। तर अत्यावश्यक सेवा र संस्थाहरु भने सञ्चालन गर्न पाइने छन्। पोस्टको नेभिगेसन संविधान र लोकतन्त्रको रक्षा हाम्रो साझा दायित्व : प्रचण्ड सांसद दाहालसहित तरुण दल र वाईसीएल सडकमा