share 258 काठमाडौं । शीतलनिवासले नयाँ प्रधानमन्त्रीको स्वागतको तयारी गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। जेनजीको मागअनुसार अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने विषयमा ठूला दल र राष्ट्रपतिबीच सहमति जुटेपछि तयारी थालिएको हो। तर संविधानले तोकेको प्रक्रिया कसरी पूरा गर्ने भन्ने विषयमा भने निकास निस्किएको छैन। राष्ट्रपति रामचन्द्र पौडेलले कांग्रेस र माओवादी नेतासँग कार्कीलाई प्रधानमन्त्री बनाउने विषयमा छलफल गरेका थिए। सहमति जुटे पनि प्रतिनिधिसभा सदस्य नभएकी व्यक्तिलाई कसरी प्रधानमन्त्री नियुक्त गर्ने भन्ने कानुनी गाँठो अझै बाँकी छ। गृह मन्त्रालय स्रोतका अनुसार बिहीबार राति कर्मचारीलाई शीतलनिवास बोलाइएको थियो तर अन्तिम सहमति नजुटेकाले फर्काइए। आज बिहान भने फोनमार्फत स्वागत तयारी गर्न निर्देशन दिइएको छ। पोस्टको नेभिगेसन सांसद दाहालसहित तरुण दल र वाईसीएल सडकमा सुशीला कार्की प्रधानमन्त्री नियुक्त, आजै संसद् विघटनको तयारी