share 253 काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको आज राति ९ बजे हुने भनिएको शपथग्रहण कार्यक्रम केही ढिला भएको छ । राष्ट्रपति कार्यालयका अनुसार तयारी पूरा हुन बाँकी रहेकाले शपथको समय करिब २० मिनेट पर धकेलिएको हो । शपथ लगत्तै प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् बैठक बोलाउने तयारी गरेकी छन् । बैठकमा संसद् विघटनको सिफारिस गर्ने एजेन्डा मुख्य हुने बताइएको छ । यसअघि राष्ट्रपतिका प्रेस सल्लाहकारले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त भइसकेको पुष्टि गरेका थिए । अब शपथपछि हुने मन्त्रिपरिषद् बैठकमार्फत आजकै रात देशको राजनीतिक भविष्यबारे महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ । पोस्टको नेभिगेसन सुशीला कार्की प्रधानमन्त्री नियुक्त, आजै संसद् विघटनको तयारी अख्तियार प्रमुख राईमाथि दबाब, नयाँ सरकार चुनौतिसँगै